चितवनः भरतपुर महानगरपालिका वडा नम्बर १२ पोख्रेलीटोलमा डेरा गरी बस्ने हरिभक्त चौधरीको हत्याको अभियोगमा प्रहरीले चौधरीको श्रीमती, छोरो र सालालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिईएकाहरुमा श्रीमती ३५ वर्षिया बिष्णु परियार, छोरो १९ वर्षिय राजकुमार परियार र सालो २५ वर्षिय राम वहादुर परियार रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रबक्ता प्रहरी नायव उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
उहाँका अनुसार उनीहरुले चौधरीलाई वैशाख १४ गते राति कुटपिट गरि १५ गते बिहान भरतपुर अस्पतालमा उपचारका लागि ल्याएका थिए । उनको उपचारका क्रममा मृत्यु भएको थियो ।
नवलपुर जिल्ला गैंडाकोट नगरपालिका वडा नम्बर ११ घर भई भरतपुर महानगरपालिका वडा नम्बर १२ पोख्रेलीटोल भाडामा बस्ने २३ वर्षिय चौधरीले छोरो सहित श्रीमती ल्याएका थिए ।
घरायासी बिबादका कारण उनीहरुले चौधरीलाई कुटपिट गरेको प्रहरीले जनाएको छ । चैधरीको मृत्यु पछि कुटपिट गर्ने तीनै जनालाई प्रहरीले नियन्त्रणमा लिई कतव्य ज्यान मुद्धा दर्ता गरि जिल्ला अदालत चितवनबाट १० दिनको समय लिई अनुसन्धान सुरु गरेको उहाँले जानकारी दिनुभयो ।