चितवनः भरतपुरको यज्ञपुरीमा रहेको बेदान्त मल्टिप्रपोज कम्पिनिमा तोडफोड भएको छ । आज बिहान करिब पाँच बजेको समयमा कम्पनि भित्र रहेका ४ वटा सवारीसाधनमा तोड फोड भएको हो ।
प्रोफेसनल मिडिया अन्र्तगत सञ्चालित बेदान्त मल्टीप्रपोज कम्पनि मध्य नेपालको उत्कृष्ट बिज्ञापन कम्पनि हो । बुधबार बिहान केही समूहले अचानक कम्पनिमा प्रबेश गरि सवारिसाधनहरुमाा क्षति पु¥यायको त्यहा रहेका सुरक्षा गाडले जानकारी दिएका हुन् । आफुले पटकपटक रोक्ने प्रयास गर्दापनि आफु माथिनै आक्रमण हुने भएपछि क्षति हुनबाट रोक्न नसकिएको बताए ।
सवारीसाधनमा तोडफोड गरेको आशंकामा प्रहरिले एक जनालाई नियन्त्रणमा लिई सोधपुछ गरेको र उनि मानसिक बिरामी रहेको खुल्न आएको प्रहरिले जनाएको छ । देशका बिभिन्न जिल्लाहरुमा आफ्नो प्रभुत्व जमाएको उक्त कम्पनिले राष्ट्रिय स्तरका बिज्ञापन उत्पादन बितरण तथा प्रकाशन गर्दे आएको छ । आफ्नो कम्पनिको प्रगिति प्रति केहि समूह लागि परेको र मानसिक रोगिको सहायतामा तोडफोड गरिएको हुन सक्ने सञ्चालक नविनराज पौडेलले बताए । प्रोफेसनल मिडिया अन्र्तगत बेदान्त मल्टीप्रपोज कम्पनि , सार्थक एजेन्सी ,रेडियो भरतपुर, भरतपुर पोष्ट अनलाईन लगायतका संस्थाहरु सञ्चालित रहेका छन ।

प्रतिक्रिया दिनुहोस !