
नेपाल पत्रकार महासंघ चितवन शाखाले समाचारका बिषयलाई लिएर पत्रकारमाथी धम्कि दिईएको भन्दै त्यस प्रति ध्यानाकर्षण भएको जनाएको छ । महासंघले आज जारी गरेको बिज्ञप्तिमा अनलाईन खबर डट कमका समाचार दाता सुबाष पण्डीतलाई समाचार लेखेकै कारण धम्कि दिईएको जनाईएको छ ।
चितवनमा रहेको भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालबाट स्वास्थ्य सामाग्री संकास्पद रुपमा बाहीरिएको र अस्पतालको खर्च प्रकृयामा अनियमितता भएको सम्बन्धित समाचार प्रकाशीत भए पछि पण्डीतलाई धम्कि दिईएको बिज्ञप्तिमा उल्लेख छ । अखिल नेपाल प्रगतिशित जनस्वास्थ्य कर्मीसंघ र अखिल नेपाल प्रगतिशिल स्वास्थ्य कर्मी संगठनले बिज्ञप्ति जारी गरि समाचार लेख्ने व्यक्तिहरुको पहिचान गरि आँफैले आबश्यक कारवाही गर्ने चेतावनी सहितको धम्कि दिईएको बिज्ञप्तिमा जनाईएको छ ।
शाखा अध्यक्ष राधेश्याम खतिवडाद्धारा हस्ताक्षर गरिएको बिज्ञप्तिमा धम्कि दिने व्यक्तिको पहिचान गरी कानुनी दायरामा ल्याउन, घटनामा संलङ्न माथि कारवाही गर्न र पत्रकारको संबैधानीक अधिकारको ख्याल गरि पत्रकारको सुरक्षामा सम्बेदनशिल वन्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराईएको छ ।
नेपाल प्रेस युनियन चितवनका अध्यक्ष अनिल ढकालले जारी गरेको बिज्ञप्तिमा पत्रकार पण्डीत माथि धम्कि दिने संस्थाका जिम्मेवार व्यक्तिमाथि कारवाहीको माग गरिएको छ ।