चितवनः विभिन्न सामग्रीहरु कर्मचारीहरुले नै चोरी गरेको सिसिटिभी फुटेज बाहिरिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगकले भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालमा छापा मारेको छ ।
केहीबेर अघि हेटौंडाबाट आएको अख्तियार टोलीले अस्पतालमा छापा मारेको हो । कोरोना अस्पतालमा आर्थिक अनियमितता गरिएको आशंका समेत गरिएको छ । प्रदेश सरकारले अस्पताल संचालनका लागि एक करोड रुपैयाँ सहयोग गरेको थियो ।
अस्पतालमा अख्तियारले छापा मारेर आबश्यक काजग पत्रहरु समेत लगेको छ । अख्तियारबाट आएको टोलिले समाचारका आधारमा छापा मारेको जानकारी दिएको छ । आबश्यक सुचनाहरु लगरे छानबिन प्रकृया सुरु गर्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !