काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आइतबार पार्टी पदाधिकारी, पूर्व स्वास्थमन्त्रीहरु र स्वास्थ्य क्षेत्रका विज्ञहरुसँग छलफल गर्नुभयो । भारतसहितका विभिन्न मुलुकमा आरडीटी परीक्षणमा कमजोरी देखिएपछि नेपालमा यसमा शतप्रतिशत भर नपर्न चिकित्सकहरुले सचेत गराउँदै आएका थिए ।

सरकारले लगातार आरडीटीलाई नै शतप्रतिशत नतिजा मान्दै आएपछि कांग्रेसले आइतबार विज्ञहरुसँग छलफलपछि कोरोनाभाइरसको संक्रमण भए–नभएको पत्ता लगाउन अपनाइने र्‍यापिड डाइग्नोस्टिक टेस्ट ९आरडीटी० किटकोे प्रयोगमा रोक लगाउनुपर्ने, पीसीआरको क्षमता र दायरा बढाउनुपर्ने, स्वास्थ्यकर्मीहरूलाई तत्काल पीपीईलगायतका गुणस्तरीय सामग्री पु¥याएर कोरोनाविरुद्धको संघर्षलाई प्रभावकारी बनाउन सरकारलाई सुझाव दिएको थियो ।

  • कोरोना परीक्षणमा विवादित आरडीटी विधिको प्रयोगमा रोक लगाउन कांग्रेसको माग

कोरोनाभाइरसबाट नेपाल र नेपालीको रक्षा गर्ने सन्दर्भमा हालसम्म भएका कामहरुका बारेमा गहन समीक्षा र अनिवार्य रुपले गरिनुपर्ने कामबारेसमेत कांग्रेसले बैठकमा छलफल गरेको थियो । नेपालमा कोरोनाभाइरसको संक्रमण देखिएसँगै कांग्रेसले आफूलाई सरकारसँगै उभ्याएर सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।

कांग्रेसले निरन्तर रुपमा सरकारलाई कोरोनाविरुद्धको लडाइँ जित्न अंगिकार गर्नुपर्ने नीति, काम–कर्तव्यहरुका बारेमा सुझाव दिनुका साथै संकटका समयमा सरकारले गरेका जनभावना विपरीतका निर्णयका विषयमा जनतालाई सजग बनाउने र सरकारलाई निर्णय सच्याउन दबाब दिने काम पनि गरिरहेको छ ।

स्वास्थ्य क्षेत्रका विज्ञहरु र पार्टीकातर्फबाट स्वास्थ्य मन्त्रालयको अनुभव बटुलिसकेका पूर्वस्वास्थ्यमन्त्रीहरुसँग कांग्रेस पदाधिकारीले आइतबार गरेको छलफल पनि त्यही थियो, निरन्तर सहयोगको प्रतिबद्धतासहित सरकारमाथि दबाब बनाउने रणनीति ।

नेपालमा संक्रमण फैलिन नदिन सरकारलाई सतर्क गराउँदै आएको कांग्रेस चैत ११ मा देशभर लकडाउनको घोषणा भएपछि कांग्रेसले सरकारका हरेक गतिविधिलाई नजिकबाट निगरानी गरिरहेको छ । सभापतिसहितका शीर्ष नेता, संसदीय दल, अन्य प्रभावशाली नेतादेखि युवा नेताहरूले कोरोना संक्रमणविरुद्ध पर्याप्त र भरपर्दो तयारी गर्न सरकारलाई घच्घच्याइरहेका छन् ।

कांग्रेसले आइतबार ‘विदेशमा रहेका ५० लाख नेपालीको वर्तमान स्थितिबारे नेपाली कांग्रेसको दृष्टिकोण’ सार्वजनिक गरेर सरकारको ध्यानकर्षण गराएको थियो ।

कांग्रेस प्रवक्तासमेत रहेका सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुख विश्वप्रकाश शर्मा र नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख गोविन्द भट्टराईद्वारा जारी पार्टीको दृष्टिकोणमा भनिएको थियो, “मूलतः बाहिर रहेका नेपालीबारे हाम्रो चार आग्रह छ– सचेतना, राहत, उपचार र उद्धार ।”

प्रतिक्रिया दिनुहोस !