चितवनः नारायणगढमा रहेको प्रभू बैंकमा आगलागी भएको छ । बिद्युत चुहावट भई आगलागि भएको वडा प्रहरी कार्यालय नारायणगढले जनाएको छ ।
कार्यालयका प्रमुख प्रहरी निरिक्षक रविनबाबु रेग्मीका अनुसार स्थानीय, नेपाल प्रहरी , शशस्त्र प्रहरी, नेपाली सेना र दमकलको सक्रियतामा आगो नियन्त्रणमा लिईएको छ । बिहान ११ः २० वजे लागेको आगो ११ः४५ बजे नियन्त्रणमा लिईएको हो । क्षतीको बिबरण आउन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।