चितवनः आँफैले बोकेको बन्दुक पड्कींदा नवलपुरमा एक जना घाईते भएका छन् । घाईते हुनेमा नवलपुरको वुलिङटार गाउँपालिका वडा नम्बर ४ का ४६ बर्षिय नर वहादुर राना मगर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरले दिएको जानकारी अनुसार घाईते मगरको भरतपुर अस्पतालमा उपचार भईरहेको छ भने उहाँको स्वास्थ्य अबस्था खतरा मुक्त रहेको छ ।
आज बिहान ३ वजे तिर खेतमा अन्न खान आएका बाँदर लखेट्न जाने क्रममा आँफैले बोकेको भरुवा बन्दुक पड्कींदा मगर घाईते हुनु भएको हो । उहाँको कम्मरमा गोलि लागेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी उपरिक्षक दिपक रेग्मीले घटना भएको जनाकारी ढिला गरि आएकोले घटना स्थल तर्फ प्रहरी पठाईएको र पुग्नका लागि मात्र पाँच घण्टा लाग्ने जानकारी दिनुभयो । घटनाका बिषयमा थप अनुसन्धान भईरहेको उहाँले बताउनुभयो ।