सिन्धुपाल्चोकः कोरोनाको कहर र लकडाउनको परवाह नगरी सरकारविरुद्ध सिन्धुपाल्चोकमा प्रदर्शन भएको छ । नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुले सरकारको विरोधमा मसालजुलुस निकालेका हुन् । लकडाउनको अवधिमा सरकारले गरेका गलत क्रियाकलापको भण्डाफोर गर्न सिन्धपाल्चोक नेपाली कांग्रेस क्षेत्र नम्बर १ समितिले प्रदर्शन गरेको हो । उनीहरुले भ्रष्टाचारमा संलग्नहरुलाई कारवाही, पूर्व सचिव भीम उपाध्यायको रिहाई, सांसद अपहरण काण्डका दोषीलाई कारवाही लगाएका माग राखेका छन् ।
सांसद अपहरणपछि जनता समाजवादी पार्टी नेपालले आज सांसदद्धय महेश बस्नेत र किसान श्रेष्ठ त्यसैगरी नेपाल प्रहरीका पूर्व आइजिपी सर्बेन्द्र खनाल अपहरणमा संलग्न भएको भन्दै मुद्दा दर्ता गर्न प्रहरीले नमानेको विषय लोकतान्त्रिक मुलुकमा अझै गम्भिर भएकोले लोकतन्त्र र प्राप्त उपलब्धिको रक्षार्थ लड्नुको विकल्प नरहेको सिन्धुपाल्चोक कांग्रेसले बताएको छ । नेपाली कांग्रेस सिन्धुपाल्चोकका युवा नेता युधिर पौडेलले तत्काल सरकारले आफूहरुले उठाएका माग नउठाए आन्दोलन थप सशक्त बनाउने चेतावनी दिनुभयो ।

नेपाल विद्यार्थी संघ सिन्धुपाल्चोकका उपसभापति नवीन श्रेष्ठ , क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति हेमन्त श्रेष्ठ लगायत सयौं नेता कार्यकर्ताको उपस्थितिमा बाह्रविसे बजारमा सामाजिक दुरि कायम राखेर मसाल जुलुस निकालिएको हो ।

प्रतिक्रिया दिनुहोस !