
काठमाडौंः सरकारले लकडाउनलाई २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । पूर्वघोषित लडाउन १५ वैशाखसम्म थियो ।
तर कोभिड–१९ सम्बन्धी उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बैठकले लकडाउनकै कारण कोरोनाको संक्रमण नियन्त्रण गर्न सफल भएको निष्कर्ष निकालेको थियो । सोही अनुसार आजको मन्त्रिपरिषद्को बैठकले लकडाउन १० दिन थप गर्ने निर्णय गरेको हो ।