काठमाडौंः समाजवादी पार्टीका नेता डा. सुरेन्द्र यादवलाई अपहरण गर्नेविरुद्ध दुईजना सांसद र पूर्वप्रहरी महानिरीक्षकविरुद्ध दिइएको जाहेरी काठमाडौं प्रहरी परिसरले लिन मानेन ।
काठमाडौं प्रहरी परिसरका प्रमुख श्याम ज्ञवालीले घटनाको सुरुवात महोत्तरीबाट भएको भन्दै त्यहीँ जाहेरी दिन भन्दै परिसर पुगेका नेताहरुलाई फर्काइदिएका छन् ।
जाहेरी दिनका लागि समाजवादी पार्टीका नेता बाबुराम भट्टराई, राजेन्द्र महतोलगायतका नेताहरु परिसर पुगेका थिए ।
जाहेरी लिन नमानेपछि नेता भट्टराईले भन्नुभयो, “अहिलेको घटना बहालवाला सांसद जो प्रधानमन्त्री निकट छन् र पूर्वप्रहरी महानिरीक्षकको संलग्नतामा घटेको हो । यसको छानबिन र अनुसन्धान गर्न हामीले जाहेरी दिन लागेका थियौं । यो सरकारवादी मुद्दा पर्छ । यो राज्य आफैंले मुद्दा अघि बढाउन सक्थ्यो ।” उहाँले ओलीतन्त्रमा कसैले पनि न्याय नपाउने बताउनुभयो ।
“सरकारले विधान संविधान सबै लत्याएको छ । राज्यको अपराधिकरण गरेको छ । विभिन्न काण्डमा मुछिएको छ । बुझ्दाबुझ्दै पनि कानुनको पालना गर्न सकेको छैन, घटना झनै गम्भीर बनेको छ,” उहाँले भन्नुभयो ।
अपहरणमा परेका सांसद डा। यादवले भने अनुसन्धानबाट आफूलाई गलत प्रमाणित गर्न चुनौती दिए ।
ररत चार जना संक्रमति डिस्चार्ज भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आइतबार गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोना भाइरसको संक्रमण देखिए नारायणी उपक्षेत्रीय अस्पतालमा उपचाररत ४ जनाको कोरोना निको भएर डिस्र्चाज भएको जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो “रौतहतका १९ वर्षका पुरुष कोरोना संक्रमण देखिएको १२ औँ दिनमा र भारतीय नागरिक ३ जना अन्य १५ दिनमा आज डिस्र्चाज भएका छन् ।”
उक्त अस्पतालमा हाल तीन जना संक्रमित उपचाररत रहेका छन् ।
त्यसैगरी, प्रदेश नम्बर २ मा आठवटै जिल्लाका १ हजार ५ सय जनाको नमुना संकलन गरेर परीक्षण गर्ने तयारी रहेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “ईपिडिमियोलोजि तथा रोग नियन्त्रण महाशाखा र नेपाली सेनाको समन्वयमा आजसम्म १ हजार २७ जनाको नमुना संकलन गरेर परीक्षण भइरहेको छ ।”