चितवनः कोरोना संक्रमण देखिएर भरतपुर अस्पतालको आईसोलेसनमा रहेकका एक पुरुषको कोरोना भाईरसको परिक्षणका क्रममा पुनः नेगेटिभ देखिए पछि आज डिस्चार्ज गरिएको छ । अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि २७ वर्षिय पुरुषको डिस्चार्ज गरिएको जनाएको छ ।
¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा राप्ती नगरपालिका वडा नम्बर ८ की ६३ वर्षिया महिलामा शंकास्पद देखिए पछि उनी सहित उनका दुई छोराहरुको पिसिआर परिक्षण गरिएको थियो । पिसिआर परिक्षणका क्रममा आमा र २७ वर्षिय उनीमा कोरोना संक्रमण देखिएको थियो । अर्का छोराको भने रिपोट नेगेटिभ आए पछि क्वारेन्टाईनमा राखेर फकाईएको थियो ।
संक्रमण देखिए पछि उनीहरुलाई भरतपुर अस्पतालमा राखि उपचार गरिएको थियो । उपचारका क्रममा पुनः परिक्षण गर्दा उनमा संक्रमण नभेटिए पछि २४ घण्टा पछि पुनः परिक्षण गरिएको अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीले जानकारी दिनुभयो । तिवारीका अनुसार दुबै परिक्षणमा संक्रमण नदेखिए पछि उनलाई आज डिस्चार्ज गरिएको हो । डिस्चार्ज पछि पनि एक हप्ता क्वारेन्टाईनमा बस्नुपर्ने हुन्छ ।
डिस्चार्ज पछि उनले संञ्चारकर्मीहरुलाई कुनै प्रतिकृया दिन चाहेनन् । आमाको उपचार भईरहेकाले उनी अस्पतालकै क्वारेन्टाईनमा वसेर आमाको रेखदेख गर्ने बताएको अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिनुभयो । संक्रमितले आफ््नो मनोवल उच्च राखेका कारण छिटो निको भएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो “उनको मनोवल कहिल्यौ गिरेको देखेनौ ।” कोरोना संक्रमण पछि निको भएका उनी संगै १२ पुगेको छ ।
उनीहरु चैत ३ गते वेलायतबाट हङ्कङ नेपाल हुँदै आएका थिए । काठमाडौंको दुई दिनको बसाई पछि पाँच गते चितवन आएका थिए । उनीहरुलाई बैशाख ३ गते ¥यापिट डाईग्नोष्टिक टेष्टका क्रममा शंकास्पद देखिए पछि अस्पताल ल्याईएको थियो । अस्पताल ल्याएर स्वाब परिक्षणका क्रममा बैशाख पाँच गते संक्रमण पुष्टि भएको थियो ।
कोरोना संक्रमण पुष्टि भए संगै उनीहरुलाई अस्पतालको आईसोलेसनमा राखि उपचार गरिएको थियो ।
भरतपुर कोभिड १९ प्रयोगशलामा जिल्लाका बिभिन्न अस्पतालमा उपचाररत ४ सय ७२ जनाको स्वाब परिक्षण गरिएको छ । ती स्वाम मध्ये दुई जनामा मात्रै कोरोना संक्रमण देखिएको हो । देशैभरका विभिन्न अस्पतालमा ३७ जना उपचाररत छन् ।

प्रतिक्रिया दिनुहोस !