कैलालीः कैलालीमा विभिन्न क्वारेन्टाइनमा बसेकाहरु स्वास्थ्य परीक्षण बिनै घर फर्किन थालेका छन् ।

हिजो मात्र जिल्ला बाहिरबाट आएका ३ सय ३७ जनालाई घर फर्काइएको छ । यसरी घर पठाइएकाहरुलाई पनि होम क्वारेन्टाइनमा बस्न भनिएको छ ।

कैलालीको टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलले अन्य जिल्लाबाट आएकाहरु घर फर्काइएको र क्वारेन्टाइनमा रहेका ८ भारतीय नागरिकलाई १४ दिन पूरा भएपछि पठाइने बताउनुभयो ।

टीकापुर नगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन उपशाखाका संयोजक बलबहादुर रावलले घर पठाइएकाहरुलाई १४ दिनपछि सबैको र्‍यापिड टेष्ट गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !