
काठमाडौंः मन्त्री परिषदको बैठक आजका लागि वोलाईएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको हो ।
सरकारले अध्यादेश जारी गरेपछि उत्पन्न परिस्थितिका बारेमा छलफल गर्न आकस्मिक रुपमा बैठक बोलाइएको हो ।
केही बेरपछि बस्ने बैठकमा कोरोना भाइरसको महामारी रोकथामका प्रयास र अध्यादेश लगायतका विषयमा मन्त्रिपरिषद्मा छलफल हुने बताइएको छ ।
गत सोमबार सरकारले जारी गरेका दुई अध्यादेशबारे आफ्नै पार्टीभित्र समेत विरोध भइरहेको सन्दर्भमा मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाइएको हो ।