काठमाडौंः सरकारले ल्याएको अध्यादेशको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विध्यार्थी संघ (नेविसंघ) ले देशभर प्रदर्शन गरेको छ । नेबिसंघले आज बिहान ९ बजेबाट १० मिनेट देशभर बिधेयक फिर्ताको माग गर्दै प्रदर्शन गरेको हो ।

अध्यक्ष राजीब ढुंगानाले सोमबार सरकारले ल्याएका दुबै अध्यादेश फिर्ताको माग गर्दै देशैभर प्रदर्शन गरिएको जानकारी दिए । उनका अनुसार ५–५ जनाले सामाजिक दूरी कायम गरेर कालो झण्डासहित नेबिसंघले प्रदर्शन गरेको हो । हामीले सामाजिक दूरी कायम गरेर एक ठाउँमा मात्र पाँच जना एक–एक मिटरको दूरीमा उभिएर प्रदर्शन गरेका हौँ,ू अध्यक्ष ढुगांनाले भननुभयो “उपत्यकामा ठाउँ ठाउँमा यसरी प्रदर्शन गरेर बिधेयक फिर्ताको माग गरेका छौं । अन्य जिल्लाको हकमा प्रमुख सहरको एक ठाउँमा उभिएर प्रदर्शन भएको छ ।”
यसअघि बिहीबार बिहान नेबिसंघका पूर्व अध्यक्ष रन्जित कर्णको नेतृत्वमा विध्यार्थीहरुले नयाँ बानेश्वरस्थित संसद भवन अगाडि प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस !