काठमाडौंः नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन आग्रह गर्नु भएको छ । लोकतन्त्र दिवसको अवसर पारेर बिहीबार दिउँसो सन्देश जारी गर्दै लोकतन्त्रको रक्षाका लागि सबैलाई सजग रहन आग्रह गर्नुभएको हो ।

“लोकतन्त्रमा मात्र सबैको अधिकार सुनिश्चित हुने भएकोले यसको रक्षार्थ सबै जना सजग रहन म आग्रह गर्दछु,” उहाँले भन्नुभएको छ “यो अवसरमा वीर योद्धाहरुको साहस, संकल्प र वलिदानको धरोहरको रुपमा स्थापित लोकतन्त्रलाई कमजोर हुन दिने छैनौं भनेर प्रण गरौं ।”
सभापति देउवाले संवैधानिक परिषद् र राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएर सरकारले संविधानको मूल मर्म र लोकतान्त्रिक मूल्य र मान्यताको उल्लंघन गरेको भन्दै अध्यादेशहरु फिर्ता लिन सरकारसँग पुनः आग्रह गर्नुभएको हो ।

सरकार नेपाली जनताको त्याग र वलिदानबाट प्राप्त लोकतन्त्रलाई कमजोर पार्ने खेलमा उद्यत हुन थालेको जिकिर गर्दै उनले भनेका छन्, “लोकतन्त्रमाथिको यो घृणित कार्यको हामी सबैले भत्र्सना गर्नुपर्दछ । उक्त अध्यादेशहरु तत्काल फिर्ता लिन म पुनः आग्रह गर्दछु ।”

प्रतिक्रिया दिनुहोस !