काठमाडौंः पूर्ब प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन तयार भएको बताउनुभएको छ । बिहीबार बिहान पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ माधव नेपालसँगको कुराकानीपछि ओली फिर्ता लिन तयार भएको खनालको भनाइ छ ।
“मसँग पनि कुराकानी भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली अध्यादेश फिर्ता लिन तयार हुनुभएको छ । फिर्ता लिनुको विकल्प पनि थिएन,” खनालले भन्नुभयो ।
बिहीबार प्रचण्ड–नेपालसँगको भेटमा अध्यक्ष ओलीले आफू मिलेर जान तयार रहेको बताउनुभएको थियो । अध्यादेश कुनै पार्टीलाई लक्षित गरेर भन्दा पनि आवश्यक परेर ल्याएको तर विवाद भएपछि पछि हट्न तयार रहेको बताउनुभएको थियो ।

अध्यादेश आजै राष्ट्रपति विद्यादेवी भण्डारीले फिर्ता गर्ने तयारी छ ।

प्रतिक्रिया दिनुहोस !