काठमाडौंः सरकारले केही दिन अघि जारि गरेको अध्यादेश फिर्ता लिने संकेत देखिएको छ । दुवै अध्यादेश फिर्ता लिन प्रधानमन्त्री केपी शर्मा ओली सकारात्मक देखिनुभएको छ । पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपालसँगको परामर्श, कुराकानीमा प्रधानमन्त्री ओली अध्यादेश फिर्ता सकारात्मक देखिनुभएको हो ।

प्रधानमन्त्री ओलीसँगको भेटपछि प्रचण्डले आफूनिकटका नेताहरूसँग ओली अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बताउनुभएको हो । “प्रधानमन्त्री मिलेर जान र अध्यादेश फिर्ता लिन सकारात्मक रहेको बुझिएको छ,” नेकपा स्थायी कमिटी सदस्यले भन्नसभयो, “फितौ नै लिन्छु भनेर त भन्नुभएको छैन । फिर्ता लिन सकारात्मक देखिनुभएको हो ।”
प्रधानमन्त्री ओलीले बिहीबार बिहान दुवै नेतासँग भेट गर्नुभएको थियो । प्रधानमन्त्री भेट्न वरिष्ठ नेता नेपाल बिहान ८ बजे बालुवाटार पुग्नुभएको थियो । प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले आफू अनभिज्ञ रहेको बताउनुभयो । “कोसँगको भेटमा अध्यादेश फिर्ता लिने बारे बताउनुभएको हो, थाहा भएन,” उहाँले भन्नुभयो ।

संविधानको धारा ११४ मा अध्यादेश सम्बन्धी व्यवस्था छ । संविधानको धारा ११४ को उपधारा (१)को ख मा राष्ट्रपतिले जुनसुकै बेला अध्यादेश खारेज गर्न सक्ने प्रावधान छ ।

प्रधानमन्त्रीले अध्यादेश फिर्ता लिनेबारे कानुनविद्सँग परामर्श गरेको स्रोतको भनाइ छ । ।

प्रतिक्रिया दिनुहोस !