
काठमाडौंः नेपालमा थप एक जनामा नोभेल कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरिएको छ ।
टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणका क्रममा थप १ जनाको कोरोना परीक्षण नतिजा पोजेटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता विकास देवकोटाले पुष्टि गरेका छन् ।
यसअघि दिउँसो एक जना र केही समअघि आठ जना गरी आजै १० जनामा कोरोना संक्रमण पुष्टि गरिएको थियो ।
यसअघि नेपालमा कोरोना संक्रमितको संख्या ३१ थियो । नेपालमा हाल कोरोना संक्रमितको संख्या ४२ पुगेको छ ।
हालसम्म कोरोना संक्रमणको उपचारपछि पाँच जनालाई अस्पतालबाट डिस्चार्ज गरिएको छ ।