चितवनः लायन्स क्वल अफ ईन्टरनेस्नल ३२५ वि २ को सहयोगमा भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा स्वाचालित स्यानीटाईजिङ मेसिन जडान गरेको छ । भरतपुर महानगरको अगुवाई र भरतपुर अस्पतालको व्यवस्थापनमा संञ्चालन भईरहेको सो अस्पतालमा बिरामी, चिकित्सक, स्वास्थ्यकर्मी सोही मेसिनबाट छिरेर जाने व्यवस्था मिलाईएको छ ।
क्लवले रु २ लाखको लागतमा अस्पतालमा सेनिटाईजिङ् मेसिन जडान गरेको भाईस डिष्ट्रिक्ट गभर्नर रामप्रसाद भट्टले जानकारी दिनुभयो । मेसिन संगै एक हजार लिटर सेनिजोल समेत उपलव्ध गराईएको छ ।
सो मेसिन आजै एक कार्यक्रमका बिच अस्पताललाई हस्तान्तरण गरिएको छ । प्रदेश सभा सदस्य बिजय सुवेदी, भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र भरतपुर अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीको उपस्थितिमा सो मेसिन अस्पताललाई हस्तान्तरण गरिएको हो ।
मेसिन हस्तान्तरण गर्दै क्लवका भाईस डिष्ट्रिक्ट गभर्नर भट्टले संकटको समयमा क्लव पनि संगै छ भन्ने उद्धेश्यले यो मेसिन जडान गरिएको बताउनुभयो । मानव स्वास्थ्यका लागि अहिलेको समयमा शरिर सेनिटाईजिङ् पनि आबश्यक रहेको भन्दै उहाँले यसको प्रयोगले एक जना व्यक्ति पाँच घण्टा सम्म सुरक्षित रहन सक्ने बताउनुभयो ।
हस्तान्तरण समारोहमा बोल्दै प्रदेश सभा सदस्य बिजय सुवेदीले अवको समयमा शरिर सुरक्षित राख्नका लागि पनि यो आबश्यक रहेको बताउनुभयो । यसको प्रयोगले बिरामी, चिकित्सक दुबैले सुरक्षित महशुश गर्ने बिश्वास व्यक्त गर्नुभयो ।
मेसिन निर्माता कम्पनिका तर्फबाट मार्सल रोक्काले एक लिटर सेनिजोलले एक हजार दुई सय जनालाई काम गर्ने जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !