चितवनः दन्त चिकित्सक दम्पतीले पत्रकार राहत कोषमा २० हजार रुपैयाँ सहयोग गरेका छन् । नेपाल प्रेस युनियन चितवनले कोरोना संकटका बेला जिल्लाभित्रका पत्रकारलाई आइपर्ने संकटमा सहयोग गर्न मिल्ने गरि राहत कोष स्थापना गरेको थियो ।
नारायणगढमा रहेको साइराम डेण्टल केयरका प्रबन्ध निर्देशक डा. सरु थापा न्यौपाने र भरतपुर अस्पतालका दन्त चिकित्सा विभागका प्रमुख डा. अजय न्यौपानेले राहत कोषका लागि सहयोग गरेका हुन् । युनियनका अध्यक्ष अनिल ढकाललाई सो रकम हस्तान्तरण गरेका थिए । अध्यक्ष ढकालले लकडाउनका कारण पत्रकारले अनेक समस्या झेल्नु परेको बताउँदै पत्रकारलाई परेका सबैखाले समस्या समाधानका लागि राहत कोषको रकम प्रयोग हुने बताउनुभयो। उहाँले राहत कोषमा सहयोग गर्न अपील समेत गरेका छन् । समस्यामा परेका पत्रकारले युनियनको पदाधिकारीलाई जानकारी गराउन सक्नेछन् । सहयोग लिने पत्रकारको नाम गोप्य राखिनेछ ।

प्रतिक्रिया दिनुहोस !