
काठमाडौंः पूर्वमाओवादी समूहका नेता हरिबोल गजुरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी फुटाउने तयारी स्वरूप अध्यादेश ल्याएको बताएका छन् ।
संञ्चारर्कीहरु संग कुराकानी गर्दै नेता गजुरेलले भन्नुभयो, “ अध्यादेश पार्टी फुटाउने तयारी हो । त्यसैका लागि ल्याइएको हो । यसमा द्विविधा हुनुपर्ने कुनै कारण छैन ।”
अन्यथा, अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण नरहेको उहाँको भनाई छ । “हैन भने अहिले अध्यादेश ल्याउनुपर्ने कुनै कारण छैन,” उहाँले थप्नुभयो ।
२०७५ जेठ ३ गते एकता भएको नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०को विवाद पछिल्लो समय उत्कर्षमै रहेको उनले बताए । दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीबीच भेटघाटसमेत पातलिएको थियो ।
विशेषतः प्रधानमन्त्री केपी शर्मा ओलीको कार्यशैलीप्रति पूर्वमाओवादी केन्द्रको विमति रहँदै आएको उहाँले बताउनुभयो ।
“सबैले देखेकै छ नि, विवाद उत्कर्षमै थियो । लिलामणि पौडेललाई फिर्ता बोलाएको कारण के हो ? उनलाई फिर्ता बोलाउनु विवाद उत्कर्षमा पुगेको सङ्केत होइन ?” उहाँले प्रश्न गर्नुभयो ।
चीनलागि पूर्वराजदूत लिलामणि पौडेललाई सरकारले फिर्ता बोलाउने निर्णय गरेको थियो । उनको ठाउँमा महेन्द्र पाण्डे राजदूत नियुक्त भइसकेका छन् ।
“लिलामणि पौडेललाई फिर्ता बोलाउनुपर्ने कुनै कारण थिएन । उनले राम्रो काम गरिरहेका थिए । तर प्रधानमन्त्रीले फिर्ता बोलाए,” उनले भने, “लिलामणिले राष्ट्रपति, प्रधानमन्त्रीको भ्रमण गराए । दुई देशबीच पारवहन सम्झौता भयो । चिनियाँ राष्ट्रपति सि चिनफिङ नेपाल आउने वातावरण मिलाए । कुनै राजदूतले गर्न सकेका थिए ?”
तर प्रधानमन्त्री ओलीले ६ महिना बाँकी हुँदा फिर्ता बोलाएर रिस फेरेको उनको आक्रोश थियो ।
“प्रधानमन्त्रीले अध्यादेश ल्याएर पार्टी फुटाउने तयारी गरिरहेका छन् भनेर हामीलाई हिजै थाहा थियो,” उनले खुलासा गरे ।
उनका अनुसार पूर्वमाओवादी तर्फमा मन्त्रीहरू क्याबिनेट बैठक पनि छुट्टै बैठक बसेका थिए । ऊर्जामन्त्री वर्षमान पुन सन्देश लिएर पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास पुगेको उनले बताए ।