काठमाडौंः सरकारले दल विभाजनसम्बन्धी अध्यादेश जारी गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले दल विभाजनको सङ्ख्या मिलाउनेगरी अध्यादेश जारी गर्न लागेको उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले जानकारी दिनुभयो ।

संविधानको मौजुदा व्यवस्थामा पार्टी विभाजन गर्न संसदीय दलमा र केन्द्रीय कमिटीमा ४० प्रतिशत पुर्‍याउनुपर्ने प्रावधान छ । अहिले जारी गर्न लागिएको व्यवस्थामा केन्द्रीय कमिटी र संसदीय दल दुवैतिर ४० प्रतिशत नपुर्‍याए पनि हुने प्रावधान राखिएको पोखरेलले बताउनु भयो ।

“र को सट्टा वा राखिएको छ,” उहाँले भन्नुभयो ।

यसको अर्थ केन्द्रीय कमिटी वा संसदीय दलमध्ये कुनै एकमा ४० प्रतिशत पुर्‍याए नयाँ दल दर्ता गर्न बाटो खुला हुनेछ ।

प्रतिक्रिया दिनुहोस !