
काठमाडौः प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि जारी लकडाउनको समयावधी लम्बिने संकेत गरेका छन् ।
प्रधानमन्त्री ओलीसँग राष्ट्रिय समाचार समितिले आइतबार गरेको विशेष अन्तवार्तामा लकडाउन परिस्थिति हेरेर लम्बिन सक्ने संकेत गरेका छन् ।
कोरोना भाइरस आज विश्वमै मानव जातिले भोगेको गम्भीर प्रतिकूलता हो भन्दै उहाँले भयावह महामारीका कारण नेपालमा खाल्डोमा लाशमाथि लाश पुरिएको हेर्न नचाहेको बताउनुभयो ।
अन्तरवार्ताका क्रममा ओलीले भनेका छन, लकडाउन खुकुलो पार्दै जाने होइन, अन्त्य नै गर्ने हो । त्योभन्दा पहिला कोरोनाको अन्त्य हुनुपर्छ । मान्छेको जीवन बचाउनुपर्छ । हामीले भाइरसले भयावहको स्थिति नलिओस् भन्ने हो ।’
ओलीले सरकारले लकडाउन गरेको छ भन्ने विषय होइन, जतना जोगाउन गरिएको विषय हो । यो यहाँ मात्र होइन विश्वमै लागू भइरहेको छ । विश्वका कतिपय मुलुकका जहाँ प्रभावकारी लकडाउन छैन, त्यहाँ बढी मानवीय क्षति भएको छ । महामारीलाई रोक्ने सन्दर्भमा अर्थतन्त्र, राजनीतिक विचार र राजनीतिक प्रणालीका आधारमा जोडेर हेर्नु हुँदैन’ पनि भनेका छन् ।
प्रधानमन्त्री ओलीले भन्नुभएको छ “मान्छे नै नरहेन स्थिति हुन नदिनका लागि लकडाउन गरिएको हो भन्ने बुझ्नुपर्छ । भावुक भएर आवागमनलाई खुकुलो पार्नु हुँदैन । हामीले सकेसम्म छिट्टै लकडाउन हटोस् भन्ने चाहन्छौँ । सङ्क्रमितलाई विदेशबाट छिर्न दिने अवसर सिर्जना हुन दिँदैनौँ । ”