काठमाडौंः कोरोना भाइरस (कोभिड–१९) बाट पछिल्लो २४ घण्टामा विश्वभर ४ हजार ८८३ जनाको मृत्यु भएको छ ।
जसमध्ये सबैभन्दा धेरै अमेरिकामा १ हजार ५१८ जनाको मृत्यु भएको छ । बेलायतमा ५९६, इटलीमा ४३३, स्पेनमा ४१०, फ्रान्समा ३९५ जनाको पछिल्लो २४ घण्टामा ज्यान गएको छ ।
पछिल्लो २४ घण्टामा ७४ हजार ५५७ जना कोरोना संक्रमितको पहिचान भएको छ । यसमा सबैभन्दा धेरै अमेरिकामा २५ हजार २६१ जनामा कोरोना संक्रमितको पहिचान भएको छ ।
हालससम्म विश्वभर २४ लाख ५३ हजार २५ जनामा कोरोनाको संक्रमण देखिसकेको छ । यसमध्ये ६ लाख २४ हजार ९११ जना निको भइसकेका छन् ।
अहिले १६ लाख १५ हजार ४८४ जना कोरोना संक्रमणका विरामी उपचाररत छन् । ५४ हजार २२५ जनाको अवस्था गम्भीर रहेको छ भने बाँकीको अवस्था मध्यम रहेको छ ।
कोरोना भाइरस (कोभिड–१९) बाट विश्वभर ज्यान गुमाउनेको संख्या १ लाख ६५ हजार ५८ पुगेको छ ।