काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि लामो समयको बन्दमा घर जान वाटो लागेकाहरु बाटोमानै रोकीएका छन् । प्रधानमन्त्रीको निर्देशन गृह प्रशासनले कार्यान्वयन थाले संगै घर जान हिडेका यात्रुहरु बाटोमानै रोकीएका हुन ।
गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो । विभिन्न स्थानीय तहले अलपत्र मजदुरलाई गाडीमा राखेर आफ्नो क्षेत्रबाट कटाइरहेका बेला गृहको निर्देशनपछि यो पनि रोकिएको छ ।
काठमाडौंबाट पैदल हिँडेर घरतर्फ जाँदै गरेका धेरै मजदुर काभ्रे, धादिङ र चितवन जिल्लामा रोकिएका छन् । गृहको निर्देशनअगावै काभ्रेपलाञ्चोक र चितवन जिल्ला प्रशासनले मजदुरलाई आवतजावतमा रोक लगाउन थालिसकेको थियो ।
चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट््टराईले जिल्ला प्रबेश गर्ने पैदलयात्रीलाई रोक लगाईएको बताउनुभयो । जिल्लाको सिमानामा आएका पैदलयात्रीहरुलार्य सामान छोडर आएका सवारीमा पठाउने गरिएको थियो ।