चितवनः राजधानी काठमाडौं, धादीङ लगाएतका जिल्लाबाट घर जान आएका मजदुरहरुको ईच्छाकमना गाउँपालिकाले उद्धार गरेको छ । गाडीमा आएकाहरुलाई झर्न नपर्ने व्यवस्था गरेको छ भने पैदल यात्रीलाई सामान झारेर फर्कदै गरेका ढुवानीका गाडीमा राखेर गन्तव्य तर्फ पठाउन थालेको छ ।
गाउँपालिका अध्यक्ष गिता गुरुङले आफ्नो गाउँपालिकामा आई पुगेका सबैको उद्धार गरि गन्तव्य तर्फ पठाईएको जानकारी दिनुभयो । आँफै राजमार्गमा गएर फर्कदै गरेका ढुवानीका साधन रोकेर १६ वटा गाडीमा तीन समय भन्दा बढिलाई गन्तव्य तर्फ पठाईएको उहाँले बताउनुभयो । पायक पर्ने ठाउँ सम्म पुग्ने गाडीमा राखेर सम्बन्धित व्यक्तिहरुलाई पठाईएको उहाँले जानकारी दिनुभयो ।
पश्चिम र पूर्वी नेपालका बिभिन्न जिल्लामा पुग्ने मजदुरहरु रहेको उहाँको भनाई छ । गुरुङ्ले गाडीमा चढेर आएकाहरुलाई प्रहरीले चेकजाँच गरि झार्ने गरेकोमा सो कार्य रोकेर जुन गाडीमा आएको छ त्यही गाडीमा पठाईएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “मेरो गाउँपालिका भित्र जनताको बिचल्ली भएको टुलुटुलु हेरेर बस्न सक्दीन ।”
ईच्छाकामना गाउँपालिका धादिङ्को रोराङ्ग गाउँपालिका संग जोडिएको छ । राजधानीबाट फर्किएका मजदुरहरु यही बाटो हुँदै बाहिरी जिल्ला जाने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !