
चितवनः चितवन राष्ट्रिय निकुञ्ज भित्रको घोलमा गढेर आज एउटा भाले गैंडा मरेको अबस्थामा भेटिएको छ । अन्दाजी ३० वर्षको भाले गैंडा अबस्थामा भेटिएको निकुञ्ज प्रशासनले जनाएको छ । निकुञ्ज प्रशासनले दिएको जानकारी अनुसार निकुञ्जको सुखिभार क्षेत्रको चिसापानी भन्ने स्थानमा गैंडा मृर्त भेटिएको हो ।
यो संगै चालु आर्थिक वर्षमा कालगतिले मर्ने गैंडाको संख्या २३ पुगेको छ ।