चितवनः जिल्लामा गरिएको कोरोना भाईरस (कोभिड १९)को रयापिट टेष्टमा चार जनामा एन्टिवडी रिएक्टिब देखिएको छ । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार राप्ती नगरपालिकाका तीन जना र रत्ननगर नगरपालिकाका एक जनामा रिएक्टिब देखिएको हो ।
चैत महिनामा बिदेशबाट फर्कीएका उनीहरुमा गरिएको परिक्षणका क्रममा रिएक्टिब देखिएको उहाँले जानकारी दिनुभयो ।

राप्तीमा ३९ जनामा गरिएको परिक्षणका क्रममा उनीहरुमा कोरोना भाइृरसको संक्रमण हुन सक्ने आशंका गरिएको उहाँले जानकारी दिनुभयो । राप्तीमा रिएक्टिब दिएका तीनै जनालाई भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पतालमा ल्याई उपचार प्रकृया सुरु गरिएको छ । उनीहरुको स्वाब भोलि मात्रै परिक्षणका लागि पठाईने तिवारीले वताउनुभयो ।
आजैमात्रै रत्ननगरमा र्‍यापिड टेस्ट गर्दा एक पुरुषमा समेत एन्टिबडी रियाक्टिभ देखिएको थियो । उनलाई पनि उपचारका लागि अस्थाई अस्पताल ल्याईएको छ । रत्ननगरबाट ल्याईएका व्यक्तिको नतिजा आजै आउने उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !