चितवनः जिल्लामा रहेका स्वास्थ्य संस्थाका कर्मचारीको परिचय पत्रको दुरुपयोग गरेको पाईएको छ । भरतपुर अस्पतालले जारी गरेको सुचनाको आमार अस्पतालका चिकित्सक, स्वास्थ्यकमी र कर्मचारीहरुले आफ्नो परिचय पत्रको दुरुपयोग गरेको पाईएको पुष्टि भएको छ ।
सरकारले लागु गरेको लकडाउनको समयमा जिल्लाको बिभिन्न अस्पतालहरुमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुको परिचय पत्रको प्रयोग गरि अनाबश्यक हिडडुल गर्ने गरेको पाईएको हो ।
अस्पतालले वैशाख २ गते जारी गरेको सुचनामा सुरक्षा निकायबाट चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको परिचय पत्रको दुरुपयोग भएको जानकारी आएकाले यसलाई निराकरण गर्नका लागि आफ्नो ड्युटी तालिका बमोजिम कार्यालय आउन जान बाहेक अनाबश्यक रुपमा सवारी साधन चलाउने र प्रतिकुल बाताबरण सृजना गर्ने कार्य नगर्न आग्रह गरिएको छ ।
अस्पताल प्रशासनले जारी गरेको बिज्ञप्तिमा भनिएको छ “प्रशासन कार्यालयबाट आएको ुसुचनाका आधारमा कर्मचारीहरुलाई काममा आउन बाहेक अन्य समयमा परिचय पत्रको दुरुपयोग नगर्नु होला ।”
यस बिषयमा चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्र प्रसाद शर्माले स्वास्थ्य क्षेत्रका कर्मचारीहरुको परिचय पत्र दुरुपयोग भएको पाईएको बताउनुभयो । उहाँले भन्नुभयो “सुरक्षा कर्मीहरुको सुचना अनुसार स्वास्थ्य संस्थामा काम गर्ने व्यक्तीहरुको परिचय पत्रको दुरुपयोग भएको छ ।”