चितवन: पूर्बी चितवनमा बाघको आक्रमणबाट दुई जना घाईते भएका छन् । घाईते हुनेमा कालिका नगरपालिका वडा नम्बर १ पदमपुर का ४५ वर्षीय सागर थापा र ५० वर्षीया सानुमायाँ थापा रहेको ईलाका प्रहरी कार्यालय खैरहनीले जनाएको छ ।
आज बिहान ११ वजे निउरो टिप्न जाने क्रममा चितवन राष्ट्रिय निकुञ्जमा दुई जनालाई बाघले आक्रमण गरेको हो । बाघको आक्रमणबाट मध्यम घाईते उनीहरुलाई उपचारका लागि भरतपुर अस्पताल ल्याईएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस !