काठमाडौंःसरकारले लकडाउन २ साता लम्बाएको छ । मन्त्रिपरिषद्को बैठकले दुईसाता लकडाउन लम्ब्याउने निर्णय गरेको हो । आज बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १५ गतेसम्म लकडाउन लम्ब्याउने निर्णय गरेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले जानकारी दिनुभयो ।

उहाँका अनुसार लकडाउनलाई अझै कडा बनाउने निर्णय भएको छ । त्यस्तै सरकारले वैशाख १८ गतेसम्म सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले वैशाख १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय पनि यसअघि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस !