चितवनः बिदेशबाट आएर क्वारेन्टाईनमा रहेकाहरुको र ¥यापिड डाईग्नोष्टिक परिक्षण (आरडिटि) तिब्र पारिएको छ । जिल्लामा ३० जना सार्बजनीक सहित ६ सय २१ जना होम क्वारेन्टाईनमा रहेका छन् । स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक तिवारीका अनुसार बिदेशबाट आएर घरको र सार्बजनीक क्वारेन्टाईनमा १४ दिन पुरा गरेकाहरुको परिक्षण सुरु गरिएको हो ।
उहाँले कालिका नगरपालिकामा रहेका ३९ जनाको परिक्षण सम्पन्न भएको जानकारी दिनुभयो । अन्य स्थानीय तहले आईतबार परिक्षण किट बुझेर लगेका छन् । उनीहरुले पनि काम थालेको जानकारी प्राप्त भएको छ । हाल सम्म सबै स्थानीय तहमा गरिएका परिक्षणहरुको नतिजा नेगेटिभ आएको छ ।
परिक्षणका क्रममा नेगेटिभ नभई रियाक्टिभ अर्थात शरिरमा भाईरस भएको देखिएमा पिसिआर परिक्षण गरिने छ । प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराईका अनुसार मंगलबार सम्ममा सार्बजनीक र घरको क्वारेन्टाईनमा रहेका ६ सय २१ जनाको परिक्षण सम्पन्न गर्ने तयारी गरिएको छ । हाल माडी, कालिका र राप्ती नगरपालिकामा सार्बजनीक क्वारेन्टाईनमा ३० जना रहेका छन् । अरु सबै घरको क्वारेन्टाईनमा रहेका छन् ।
भट्टराईले आरडिटि परिक्षणमा नेगेटिभ देखिए संगै सबै क्वारेन्टाईनबाट मुक्त हुने जानकारी दिनुभयो । रत्ननगर र माडी नगरपालिकामा परिक्षणका क्रममा रियाक्टिभ देखिएमा पिसिआरका लागि स्वाब संकलन गर्न आबश्यक सामाग्री समेत पठाईएको छ ।
यसै बिच मठ, मन्दिर, गुम्बा , चर्च जस्ता धार्मीक स्थलहरुमा अनुगमन तिब्र पारिएको छ । लकडाउन पछि ती स्थलहरुमा बाहिरबाट मानिस आएर बसेको हुन सक्ने भन्दै अनुगमनलाई तिब्रता दिईएको हो । भट्टराईले त्यस्ता स्थलहरुमा समुहमा नबस्न र लकडाउन पछि कोहि आएको जानकारी भएमा तत्काल स्थानीय प्रशासनलाई खवर गरिदिन पनि आग्रह गर्नु भएको छ ।
आईतबार दिउँसोबाट २४ घण्टा भित्र धार्मीक संघ संस्थाहरुको अनुगमन गर्न सुरक्षा निकाय परिचालन गरिएको छ । ती ठाउँहरुमा समुहमा रहेको भेटिएमा सार्बजनीक क्वारेन्टाईनमा राख्ने तयारी गरिएको छ । धार्मीक स्थलहरुमा समुहमा गरिने नियमीत पुजा र प्रार्थनालाई हालका लागि रोक्न निर्देशन दिईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस !