कैलालीः नयाँ बर्षको सुरुवात संगै दुई जनामा कोरोना भाईरसको आशंका गरिएको छ । कैलालीमा एक ६० वर्षिया बृद्धामा र बागलुङमा कोरोना संक्रमणको आशंका गरिएको हो । कोरोना संक्रमण भएको आशंकापछि उनीसँगै क्वारेन्टाइनमा बसेका १७ जनालाई फेरि क्वारेन्टाइनमै फिर्ता बोलाइएको छ ।
प्रहरी स्रोतका अनुसार ती महिलासँगै बसेका १७ जनालाई फेरि क्वारेन्टाइनमा बोलाउन लागिएको हो । वीरगन्जबाट ३५ जनाको टोलीसँगै कैलाली पुगेकी ती महिलाको टोलीमा क्वारेन्टाइनमा १७ जना थिए । प्रहरी स्रोतका अनुसार लकडाउन भएपछि ती महिलासहित अन्य ३५ जना बसमा कैलाली पुगेका थिए ।
लकडाउनका कारण अलपत्र परेपछि स्थानीय प्रशासनले उनीसहित ३५ जनालाई बस बुकिङ गरेर कैलाली पु¥याएको थियो । उनी वीरगन्जस्थित बसपार्कमा चिया पसल गर्दै आएकी थिइन् । उनको स्थायी घर कैलालीको लम्कीचुहा नगरपालिका–१० मा छ । वीरगन्जबाट कैलाली पुगेको ३५ जनाकै समूहलाई विभिन्न स्थानमा क्वारेन्टाइनमा राखिएको थियो ।
केही दिनअघि ती महिलासहित अन्यको र्यापिड टेष्ट गरिएको थियो । र्यापिड टेष्टमा नेगेटिभ देखिएको थियो । तर राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परीक्षण गर्दा पोजेटिभ देखिएपछि क्वारेन्टाइनमा बसेका सबैलाई फेरि बोलाइएको प्रहरीले जानकारी दिएको छ ।
मन्त्रालयले भने अझै पुष्टि गरेको छैन । तर उता क्वारेन्टाइनमा बसेका सबैलाई बोलाइसकिएको प्रहरीले पुष्टि गरेको छ । नेपालमा हालसम्म विदेशबाट आएकामा मात्रै कोरोना पोजेटिभ देखिएको भए पनि कैलालीमा मात्रै २ जना स्थानीयमा कोरोना पोजेटिभ देखिएको छ ।
यस्तै बागलुङ्मा पनि एक जनामा कोरोनाको संक्रमण देखिएको छ । बागलुङमा दुर्त पहिचा परिक्षण अन्तर्गत ५७ जनाको परिक्षण गरिएकोमा ६५ वर्षिय महिलालाई संक्रमण भेटिएको जनस्वास्थ्य अधिकृत सुरज गैरेले जानकारी दिनुभयो । उनको स्वाब पुनः परिक्षणका लागि पोखरा पठाईएको उहाँले बताउनुभयो ।