चितवनः लामो समय लकडाउन भए पछि आ–आफ्नो गन्तव्यमा पैदल हिडेका सर्बसाधरणलाई लक्षीत गर्दै यहाँका यूवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् ।
नेपाली यूवा उद्यमी मञ्चले गत आईतबार देखि नारायणगढको पुल्चोकमा यसरी खाना खुवाउन थालेको हो । अभियानका संयोजक कृष्ण सापकोटाका अनुसार हाल सम्म १ हजार ४ सय ७५ जनालाई खाना खुवाई सकिएको छ ।
सापकोटाकै नारायणगढमा रहेको वैष्णव मिष्ठान्न भण्डारको भान्सामा खाना वनाएर प्याकीङ गरेर खाना खुवाईदै आएको छ । पुल्चोक संगै चितवन मेडिकल कलेजका बिरामी कुरुवा, चौबिसकोठी, आँपटारी, गैंडाकोट लगाएतका क्षेत्रमा खानाको अभाव भोगीरहेकाहरुलाई खाना खुवाईएको छ ।
मञ्चका अध्यक्ष दाताराम घिमिरेका अनुसार बिहान, बेलुका दाल,भात, तरकारी र दिउँसो बिरीयानी खुवाईदै आईएको छ । साथमा एक वोतल पानी उपलव्ध गराईएको छ ।
घिमिरेको भनाईमा सबैभन्दा टाढाको यात्रा झापाबाट बर्दीयाका लागि आएका पैदलयात्रीले खाना खाएका छन् । यस्तै राजधानीबाट बिभिन्न जिल्ला जान आउनेहरु रहेका छन् । सबैभन्दा बढि बर्दीया जान हिडेकाहरु रहेको घिमिेरले जानकारी दिनुभयो । यसरी हिडनेहरु राती, बिहान र वेलुका हिड््ने र दिउँसो सुत्ने गरेका छन् । आर्थिक अभाव एबं रकम भएर पनि किनेर खान नपाएकाहरु मञ्चले उपलव्ध गराएको खाना खान आईपुगेका छन् । अधिकांश मजदुरी गरेर पर्कीएकाहरु छन् । घिमिरेले भन्नुभयो “यस क्षेत्रमा भोक भोकै कोही तड्पिनु पर्दैन हामी छौं ।” अरु बेलामा कसैलाई सहयोग नचाहीने भन्दै सहयोग चाहींदा हुनेले दिल खोल्न सक्नुपर्ने उहाँले बताउनुभयो ।
मञ्चको आफ्नो संकलित रकमबाट खाना खुवाईएको छ । एक जनालाई रु १ सय २५ बराबरको खाना खुवाईदै आईएको छ । मञ्चमा ५० जना युवा उद्यमीहरु छन् । पुल्चोकमै व्यवसाय गर्नुहुने समाजसेबी राम श्रेष्ठले मञ्च धेरैको साहारा बनेको बताउनुभयो । यस वेलामा आउने जाने जो कोही भोक भोकै हिड्नु नपरेको उहाँले बताउनुभयो ।
मञ्चका देशभरमा सातवटा शाखाहरु छन् । मञ्चका केन्द्रिय अध्यक्ष निकोलश पाण्डे अहिलेको संकटको अबस्थामा सबैले आ–आफ्नो ठाउँबाट सहयोग पु¥याउनुपर्ने बताउनु हुनछ । केन्द्रिय समितिले नेपाल सरकारको राहत कोषमा रकम रकम जम्मा गर्न गृहकार्य गरिरहेको उहाँले जानकारी दिनुभयो । च्याप्टरका सबै यूवा उद्यमीले सरकारको निर्देशन पालना गर्दै स्थानीय तहसंग सहकार्य गरेर आम नागरिकको सहयोगमा जुट्न आग्रह गरिएको उहाँले बताउनुभयो ।
यस जिल्ला हुँदै राजधानी काठमाण्डौ प्रबेश र बाहिरिने गरिन्छ । राजधानीमा लकडाउनले गर्दा बाहीरीन नपाएका धेरै मजदुरहरु यहि बाटो हुदै पैदलै हिड्न थालेका छन् । यसै जिल्ला हुदै पूर्ब पश्चिम राजमार्ग गएको छ भने नारायणगढ–मुग्लीन सडक खण्ड यसै जिल्लामा पर्दछ । राजधानीबाट बाहिरीने यात्रुहरु नारायणगढ–मुग्लीन सकड खण्ड हुदै भरतपुरबाट बाहिरीने गरेको छन् । देशकै मध्यभागमा भएकाले रोजगारीका लागि बिभिन्न ठाउँबाट यहाँ आएर बसेकाहरु धेरै छन् । ती सबैको सहयोगी मञ्च बनेको छ ।

प्रतिक्रिया दिनुहोस !