चितवनः सरकारले घोषणा गरेको लकडाउनको समयमा बिद्यार्थीहरु घरमा नपढे पछि जिल्लामा रहेका बिद्यालयहरुले बिद्यार्थीहरुलाई केन्द्रित गर्दै अनलाईन कक्षा संञ्चालन गरेका छन् । शिक्षा बिकास तथा समन्वय ईकाई चितवनका प्रमुख भूमिलाल सुवेदीका अनुसार जिल्लामा एसईई परिक्षा दिने तयारीमा २ सय २४ बिद्यालयका ११ हजार २ सय ५४ रहेका छन् ।

बिद्यार्थी र शिक्षकको समय मिलाएर हरेक दिन कुनै एक समयमा अनलाईन कक्षा संञ्चालन भईरहेको उहाँले जानकारी दिनुभयो । एक दिन एउटा बिषयको पढाई हुने गरेको सुवेदीले बताउनुभयो ।

उहाँले भन्नुभयो “लकडाउनको समयमा बिद्यार्थीहरु घरमा पढ्न नमानेको गुनासो आउन थालेपछि बिद्यालयहरुले अनलाईन कक्षा संञ्चालन गरेका हुन ।” अनलाईन कक्षा संञ्चालनका लागि एप मार्फत बिद्यार्थीहरुलाई जोडेर पढाईने गरिएको छ । अझै पनि केही बिद्यार्थी सो एप भन्दा बाहिर रहेका कारण उनीहरुलाई पनि सम्पर्कमा ल्याउन खोजीएको उहाँले जानकारी दिनुभयो ।

लकडाउनको समय भरी बिद्यार्थीहरुलाई शिक्षकहरुले फोन मार्फत समेत निगरानी गरिरहेको उहाँको भनाई छ । उहाँले भन्नुभयो “ईन्टरनेटको सुबिधा भएका स्थानहरुमा अनलाईन कक्षा संञ्चालन गरिएको छ भने अन्य स्थानहरुमा मोवाईलबाट निगरानी गरिएकोछ ।” बिद्यार्थीहरु परिक्षाको तयारीबाट बिचलीत नहुन भनेर बिद्यालयले शिक्षकलाई यसको जिम्मेवारी दिएको सुबेदीले बताउनुभयो ।

लकडाउनको समयमा बिद्यार्थीले पढे नपढेको बुझ्नका लागि अभिभावकहरु संग पनि नियमीत सम्पर्क वढाउन लगाईएको छ ।

प्रतिक्रिया दिनुहोस !