चितवनः भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा परिक्षण गरिएका १२ वटा नमुना नेगेटिभ देखिएको छ । मंगलबार बिभिन्न अस्पतालबाट संकलन भएका नमुनाको नतिजा आज सार्बजनीक गरिएको हो । प्रयोगशाला संञ्चालन उपसमितिका संयोजक डा. कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थाई अस्पतालबाट संकलन भएको ५, भरतपुर अस्पतालको ४, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाईएको एउटा र मध्यबिन्दु अस्पताल नवलपरासीको २ नमुना प्रयोगशालामा परिक्षण गरिएको थियो ।
सबैको नतिजा नेगेटिभ आएको हो । सोमबार २१ नमुना सो प्रयोगशालामा परिक्षण गरिएको थियो । ती नमुनाको नतिजा पनि नेगेटिभ आएको थियो ।
नमुना बिहान १० वजे भित्र कोरोना अस्पतालमा संकलन भई ११ वजे सम्ममा प्रयोगशालामा पुर्याएर परिक्षण थालिने छ । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराईने छ भने अन्यको नतिजा भोलिपल्ट १० वजे सार्बजनिक गर्ने गरि तालिका मिलाईएको छ ।
आज नतिजा आएका बिरामीहरु अस्पतालको आईसोलेसन, क्वारेन्टाईन, र होम क्वारेन्टाईनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !