चितवनः नेपाली काङ्ग्रेसको भातृ संस्था नेपाल मुस्लिम संघ चितवनका अध्यक्ष ईसुफ दिन मियाँले भोलि चैत २७ गते बिहिबार ईस्लाम धर्मालम्बिहरुको शबे बरात पर्ब घरमानै बसेर मनाउन अनुरोध गर्नु भएको छ । कोरोना भाईरस (कोभिड १९) को संक्रमण फैलन सक्ने भएकाले देशभर लकडाउन रहेको भन्दै आज उहाँले जारि गर्नु भएको बिज्ञप्तिमा यो पर्ब मस्जित तथा कब्रिस्तानहरुमा नगई घरमानै बसेर ईबादत (उपासन) गर्दै मनाउन अनुरोध गरिएको छ ।
बिज्ञप्तिमा देश, बिदेशमा बस्ने सम्पूर्ण ईस्लाम धर्मावलम्बिहरुलाई पर्बको शुभकामना दिदै रोग फैलन नदिन आ आफनो ठाउँबाट सहयोग पु¥याउन आव्हान गरिएको छ । यता नेपाली काङ्ग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले मुस्लिम संघका अध्यक्ष मार्फत ईस्लाम धर्मालम्बिहरुलाई घरमानै पर्ब मनाउन आव्हान गरिएको बताउनुभयो । उहाँले सिंगो नेपाली काङ्ग्रेस रोगको संक्रमण फैलन नदिन केन्द्र देखि गाउँ तह सम्म जुटीरहेको बताउनुभयो ।
मुस्लिम आयोगले पनि बिज्ञप्ति जारी गरेर घरमै पर्ब मनाउन अनुरोध गरि सकेको छ ।