
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता हाम्रा लागि थप चुनौतीपूर्ण हुने बताउनुभयो ।
लकडाउनको १५ औं दिन देशबासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा समुदाय संक्रमणको बढेकोले आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताउनुभएको हो । संक्रमण देखिने मात्रै नभएर महामारीको रुप समेत लिन सक्ने भन्दै यो समय चुनौतिपूर्ण रहेको उहाँको भनाई थियो ।
उहाँले नेपालको सीमा नजिक आउनुभएका नेपालीहरुले भोग्नुपरेको अप्ठेरो पर्नुपरेको कुरालाई ध्यान दिँदै दुई हजार १४७ नेपालीहरुलाई भारत सरकारसँग कुरा गरेर क्वारेन्टाइनमा राखिएको बताउनुभयो ।