
काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सीमाक्षेत्रमा रहेका नेपालीलाई लकडाउन पछि नेपाल भित्र्याउने बताउनु भएको छ । राष्ट्रका नाममा सम्बोधन गर्दै उहाँले लकडाउन पछि स्वास्थ्य परीक्षण गरेर नेपाल भित्र्याइने बताउनु भयो ।
उहाँले नेपालमा भएका विदेशी नागरिकको सक्दो हेरचाह गरेकाले विदेशमा रहेका नेपालीले पनि त्यहाँको सरकारबाट पाउने विश्वास व्यक्त गर्नुभयो ।
उनले आगामी दुईसाता अझै जोखिममा रहेको बताएका छन् । उनले सीमा क्षेत्रमा रहेका नेपालीको समस्या बुझेको भए पनि लकडाउन बाध्यता भएको बताउनुभयो ।