चितवनः भरतपुर कोभिड १९ परिक्षण प्रयोगशालामा पहिलो पटक परिक्षण गरिएका २१ वटा नमुना नेगेटिभ देखिएको छ । सोमबार बिभिन्न अस्पतालबाट संकलन भएका नमुनाको नतिजा आज सार्बजनीक गरिएको हो । प्रयोगशाला संञ्चालन उपसमितिका संयोजक डा. कृष्णसागर शर्माका अनुसार भरतपुर कोरोना अस्थाई अस्पतालबाट संकलन भएको १६ वटा, रत्ननगरको गुञ्जमान अस्पतालबाट पठाईएको एउटा र प्रयोगशालामानै संकलन गरिएका चारवटा नमुनाको परिक्षण गरिएको हो ।
भरतपुर अस्पताल, नीजि मेडीकल कलेज र अस्पतालहरुले नमुना कोरोना अस्पतालमा पठाउने गर्दछन् । शर्माका अनुसार आजबाट सबै नमुना बिहान १० वजे भित्र कोरोना अस्पतालमा संकलन भई ११ वजे सम्ममा प्रयोगशालामा पुर्याएर परिक्षण थालिने छ । पोजेटिभ देखिएमा सम्बन्धित बिरामी रहेको अस्पतालका चिकित्सकलाई जानकारी गराईने छ भने अन्यको नतिजा भोलिपल्ट १० वजे सार्बजनिक गर्ने गरि तालिका मिलाईएको छ ।
आज नतिजा आएका बिरामीहरु अस्पतालको आईसोलेसन, क्वारेन्टाईन, र होम क्वारेन्टाईनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस !