
चितवन; कोरोना भाईसरको संक्रमण रोक्न सरकारले आव्हान गरेको लकडाउनको उलंघन गर्ने १ हजार २ सय ३७ जनालाई कारवाही गरिएको छ । सरकारले लकडाउनको घोषणा चैत ११ गते बिहान ६ वजे देखि गरेको थियो ।
लकडाउनको समयमा २४ गते साँझ सम्म उनीहरुरुलाई नियन्त्रणमा लिई कारवाही गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ । यसै अबधिमा ८ सय १० वटा मोटरसाईकल, १ सय ८८ वटा स्कुटर, १ सय ६ वटा साईकल नियन्त्रणमा लिई कारवाही गरिएको कार्यालयका प्रबक्ता प्रहरी नायब उपरिक्षक एकनारायण कोईरालाले जानकारी दिनुभयो ।
यसरी सरकारको निर्णय उलंघन गर्नेमा कार, पिकप गाडीहरु, माईक्रो, बस, अटो, ट्रक, टयाक्टरहरुरु पनि नियन्त्रणमा लिईएको उहाँले जानकारी दिनुभयो । बिश्वव्यापी रुपमा महामारीको रुपमा देखा परेको कोरोना भाईरसको संक्रमण हुन नदिनका लागि सरकारले लकडाउनको घोषणा गरेको हो । त्यसको उल्लघन गर्नेलाई स्थानीय प्रशासन ऐन अन्तर्गत कारबाही गर्ने व्यवस्था गरेको छ । पक्रउ परेकाहरुलाई केही समय राखेर सम्झाई बुझाई छाडीएको र कतिपयलाई जिल्ला प्र्रशासन कार्यालयमार्फत जरिवाना गराईएको उहाँले जानकारी दिनुभयो ।