चितवनः नेपाल ट्रेड युनियन काँग्रेस बागमती प्रदेशले कलकारखाना भित्र श्रमिकलाई राख्ने व्यवस्था नगरि चलाउने भनि आएको सुचना प्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ । प्रदेश अध्यक्ष घनश्याम चापागाई द्धारा जारी बिज्ञप्तिमा कोरोना भाईरसको संक्रमणका समयमा श्रमिकलाई कलकारखाना भित्रै राख्नु पर्नेमा सो व्यवस्था नगरि चलाउँन सक्ने सुचनाले श्रमिकको मनोवल गिर्न गएको जनाईएको छ ।
सरकारले कोरोनाको संक्रमणका कारण बैशाख ३ गते सम्म लकडाउनको निर्णय गरेको छ । सो समयमा श्रमिकलाई बाहिर पठाउनु आफ्ैमा गैयर जिम्मेवार पूर्ण व्यवहार हुने बिज्ञप्तिमा जनाईएको छ । अति आबश्यक सामागी उत्पादन गर्ने कारखानामा कार्यरत श्रमिकहरुमा अहिले ठूलो समस्या आई परेको चापागाई द्धारा जारि बिज्ञप्तिमा जनाईएको छ । सरकारको निर्णयबाट संञ्चालन हुने उद्योग र त्यहाँ काम गर्ने श्रमिकहरुको ज्यना गएको त्यसको जिम्मेवार सरकार र उद्योगपति हुने भएको भन्दै बिज्ञप्तिमा यो निर्णय तत्काल सच्याउन माग समेत गरिएको छ ।
राज्यले सडक वन्द गरेको समयमा श्रमिकहरु सडकमा हिन्दै आउँदा समस्या भएको भन्दै आवतजावतका लागि उद्योगले व्यवस्था गर्न चापागाईले आग्रह गर्नुभयो । यस्तै बिज्ञप्तिमा नेपाली श्रमिकहरु भरतको बिभिन्न नाकामा अलपत्र परेको भन्दै उनीहरुरुलाई नेपाल प्रबेशको व्यवस्था गर्न सरकार संग माग समेत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस !