चितवनः जिल्लामा रहेका बिभिन्न संघ संस्थाहरुले भरतपुर अस्पताललाई भिन्न भिन्न सामाग्री सहयोग गरेका छन् । अबिनास ग्रुप अफ पोल्ट्री ईन्डष्ट्रिज र स्काई लार्क एग्रो प्रालीले आज अस्पताललाई पाँच हजार थान सर्जिकल माक्स हस्तान्तरण गरेको छ ।
कम्पनीका तर्फबाट टिकाराम पोख्रेलले अस्पताल बिकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीलाई माक्स हस्तान्तरण गर्नु भएको हो । कोरोना भाईरसको त्रासका कारण उपचारमा समस्या नहोस भनेर अस्पताललाई माक्स हस्तान्तरण गरिएको पोख्रेलले जानकारी दिनुभयो । केही दिनमानै थप माक्स अस्पताललाई उपलव्ध गराउने उहाँले बताउनुभयो ।
आईतबार ती संस्थाले भरतपुर कोरोना बिशेष (अस्थाई) अस्पताललाई पाँच हजार थान माक्स प्रदान गरेको थियो ।
यस्तै आजै जयकाली जडीबुटी उद्योग प्रा. लि.ले भरतपुर अस्पताललाई ६ सय थान साबुन प्रदान गरेको छ । आफ्नो कम्पनिको सामाजिक उत्तरदायीत्व कार्यक्रम अन्तरर्गत अस्पताललाई साबुन हस्तान्तरण गरिएको उद्योगका सुबाष कुमार तिवारीले जानकारी दिनुभयो ।
तिवारीले अस्पतालका अध्यक्ष र मेडिककल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीलाई ती सामान हस्तान्तरण गर्नु भएको हो । उद्योगले बघौडा अस्पताललाई पनि २ सय थान साबुन सहयोग गरेको छ ।
यसैगरि चितवन उद्योग संघ अन्तर्गतको युवा उद्यमी मञ्चले पन्जा (ग्लोब्स), सेनिटाईजर र मेडीकल टोपि अस्पताललाई प्रदान गरेको छ । मञ्चका अध्यक्ष अमर घिमिरेले अस्पतालका अध्यक्ष डा. अधिकारी र सुपरिटेण्डेन्ट डा. तिवारीलाई तीन हजार थान ग्लोव्स, ३० लिटर सेनिटाईजर र तीन सय थान टोपि हस्तान्तरण गर्नु भएको हो ।
सामाग्री ग्रहण गर्दै अस्पतालका अध्यक्ष डा.अधिकारीले संकटको बेलामा सबै संस्थाहरुको सहयोगले काममा सहयोग हुने बताउनुभयो । सहयोग प्र्रति आभार प्रकट गर्नुहुँदै उहाँले यसलाई आबश्यकता अनुसार अस्पतालमा खर्च गरिने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस !