लक्ष्मण पौडेल
भैरहवा, चैत २३ गते । रुपन्देहीको सीमावर्ती क्षेत्र भारतको महाराजगन्जमा छ जना कोरोना संक्रमित फेला परेका छन् ।

रुपन्देहीको मर्चवारबाट पाँच किलोमिटरकै दुरीमा कोरोना संक्रमित फेला परेपछि यस क्षेत्रका बासिन्दाले थप सतर्कता अपनाउन तथा भारतीय तरकारी तथा फलफूलको प्रयोग नगर्न आग्रह गरेका छन् ।

भैरहवाबाट करिव २० किलोमिटरको दुरीमा तथा मर्चवारबाट पाँच किलोमिटर दुरीमा पर्ने कोल्हुई क्षेत्र आसपासमा कोरोना भाइरस भएका बिरामी भेटिएका हुन् ।

भारतीय सञ्चारमाध्यमका अनुसार कोल्हुई र पुरन्दरपुर क्षेत्रमा छ जना कोरोना संक्रमित भेटिएका छन् ।

दिल्लीको तबलिगी मरकजमा सहभागी भएर आएका २३ जना मध्ये छ जनामा कोरोना भाइरस देखिएको हो ।

प्रतिक्रिया दिनुहोस !