चितवनः राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशाला भरतपुरमा २४ घण्टा भित्र कोभिड १९ को नमुना परिक्षण प्रयोगशाला (पिसिआर ल्याब) संञ्चालनमा आउने गरि काम सुरु गरिएको छ । शनिवार बिहानबाट परिक्षण थाल्ने गरि काम अघि वढाईएको हो ।
स्वास्थ्य मन्त्रालयको प्राबिधिक टोलि बुधबार यहाँ आएर बिहिबार दिनभर स्थानको अध्ययनमा खटिएको थियो । सो प्रयोगशाला, कृषि तथा वन बिज्ञान विश्व बिद्यालय रामपुरको दुईवटा प्रयोगशाला र बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालको प्रयोगशालाको टोलिले निरिक्षण पश्चात राष्ट्रिय पंक्षीरोग अन्वेषण प्रयोगशालानै उपयुक्त भएको जनाएको थियो । यस संगै कृषि तथा पशु पंक्षी बिकास मन्त्रालय संग अनुमति लिएर आज बिहानबाट काम थालिएको हो ।
मन्त्रालयबाट आएको टोलिका प्रमुख नेपाल स्वास्थ्य व्यवसायी परिषदका रजिष्टार पुष्पराज खनालका अनुसार आजैबाट काम थालिएको छ । पिसिआर ल्याब रामपुरबाट ल्याईदै छ । बायोसेफ्टि क्याबिनेट एउटा यही छ भने अर्को मन्त्रालयबाट झिकाईएको छ । बिज्ञ दुई जना जिल्लामानै रहेको उहाँले जानकारी दिनुभयो ।
बिपि कोईराला मेमोरियल क्यान्सर अस्पतालका डा. मदन पाण्डे र चितवन मेडीकल कलेजका डा. व्रजेस झाको नेतृत्वमा प्रयोगशाला संञ्चालनमा ल्याईने छ । उहाँहरुलाई आबश्यक पर्ने अन्य जनशक्ति यहि उपलव्ध हुने बताईएको छ । मन्त्रालयले किट, रिएजेन्ट, आबश्यक रसायन सहितका अन्य सामानहरु आजै पठाउने खनालले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाको पहलमा भरतपुर अस्पतालको स्वामित्वमा हुने गरि प्रयोगशाला संञ्चालनमा ल्याउन लागिएको हो । महानगर प्रमुख रेनु दाहालले अस्थाई अस्पताल समेत स्थापना भई सकेपछि परिक्षण समेत यही गर्न गरिएको गृहकार्य अनुरुप काम भईरहेको जानकारी दिनुभयो । अहिलेको संक्रमण कालमा यहाँ ल्याब स्थापना गरिएको भए पनि दिर्घकालिन रुपमा संञ्चालनका लागि केही महिनामानै भरतपुर अस्पताल परिषरमा स्थानान्तरण गरिने उहाँले जानकारी दिनुभयो ।
भरतपुर महानगरपालिकाकै पहलमा भरतपुर कोरोना बिषेश (अस्थाई) अस्पताल संञ्चालनमा रहेको छ । सो अस्पताल, भरतपुर अस्पताल र नीजि मेडीकल कलेजहरुबाट दिनहुँ जसो कोरोनाको आशंकामा बिरामीको नमुना केन्द्रिय प्रयोगशालामा पठाईदै आएको छ । दैनिक गाडीको प्रयोग गरेर पठाउनु पर्ने र नतिजा आउन ढिला हुँदा समस्या हुँदै आए पछि प्रयोगशाला यही स्थापना गर्न लागिएको दाहालले जानकारी दिनुभयो ।
रजिष्ट्रार खनालका अनुसार भरतपुर संगै प्रयोगशालाको संख्या ११ पुगेको छ । सात प्रदेशमा १÷१ वटा, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु, बिर अस्पताल, धुलिखेल अस्पतालमा प्रयोगशाला स्थापना भई काम भईरहेको छ ।






