काठमाडौं । कुवेतमा एक नेपालीलाई नोभेल कोरोना भाइरसको संक्रमण भएको छ । कुवेतको समाचार संस्था कुनाका अनुसार बुधबार २८ जना कोरोना संक्रमित थपिएकामध्ये एक–एकजना भारत, नेपाल र बंगलादेशका रहेको जनाइएको छ ।

कुवेतका स्वासथ्यमन्त्रीले डा. बसिल अल–सबाहले नियमित पत्रका सम्मेलनका क्रममा २८ जना कोरोना संक्रमित थपिएको र जसमा एकजना नेपाली रहेको बताएका थिए ।
कुवेतस्थित नेपाली दूतावासलेसमेत एक नेपालीलाई कोरोना संक्रमण भएको कुवेती सरकारले सूचना दिएको जनाएको छ ।

कुवेतामा कोरोना संक्रमण भएका नेपालीको उपचार पनि त्यहाँको सरकारले तोकेको अस्पतालमा हुने जनाइएको छ ।

कुवेत स्वास्थ्य मन्त्रालयका अनुसा कुवेतामा कोरोना संक्रमितको संख्या ३१७ पुगेको छ । कुवेतमा ८० जनाको उपचार गरिएको जनाइएको छ भने २३७ कोरोना संक्रमितको उपचार भइरहेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ । जसमध्ये १४ जनाको आईसीयूमा राखेर उपचार भइरहेको जनाइएको छ । कुना

प्रतिक्रिया दिनुहोस !