
कञ्चनपुरः कञ्चनपुरमा भारतलगायत अन्य मुलुकबाट स्वदेश फर्कनेको सङ्ख्या ४ हजार ७९२ पुगेको छ । विवरण अनुसार भारतसहित यूएई, जर्मनी, साउदी अरब, मलेसियालगायत मुलुकबाट ती व्यक्ति स्वदेश फर्किएका हुन् । भारतबाट फर्कनेको सङ्ख्या सबैभन्दा बढी छ ।
विदेशबाट फर्कनेमा शुक्लाफाँटा नगरपालिकामा ७५०, भीमदत्त नगरपालिकामा ७२०, महाकाली नगरपालिकामा ३६०, वेदकोटमा ७५५, कृष्णपुरमा ८१९, पुनर्वासमा ७३०, बेलौरी नगरपालिकामा २६९, लाझाडी गाउँपालिकामा १३४ र बेलडाँडी गाउँपालिकामा २५५ जना छन् ।
नौवटै स्थानीयमा क्वारेन्टाइनको बेड संख्या ३४३, क्वारेन्टाइनमा रहेका व्यक्तिको सङ्ख्या ५१ र आइसोलेसनको बेड संख्या ३१ रहेको जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत कृष्णानन्द जोशीले बताए । उनका अनुसार महाकाली अस्पतालमा आइसेलेसन बेड सङ्ख्या आठ र आइसोलेसनमा रहेका व्यक्तिको सङ्ख्या दुई छ ।
नौ जनाको स्वाब परीक्षण
महाकाली अस्पतालबाट हालसम्म नौ जनाको कोरोना भाइरस परीक्षणका लागि स्वाब पठाइएकामा ६ जनाको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । तीन जनाको आउन बाँकी नै छ । कोरोना संक्रमित युवतीसँग एउटै जहाजमा आएका कञ्चनपुरका १९ वर्षीय युवकको स्वाव परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ । (रासस)