चितवनः केन्द्रिय अस्पताल मान्यता पाएको भरतपुर अस्पतालको अध्यक्षमा बरिष्ठ फिजिसियन डाक्टर भोजराज अधिकारी नियुक्त भएको छन् । लामो समयदेखि अध्यक्ष बिहिन बनेको अस्पतालमा स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरको आजको निर्णय अनुसार ३ बर्षे कार्यकालका लागि अधिकारीलाई अध्यक्षमा नियुक्ती गरेको हो ।
भरतपुर अस्पताल केन्द्रिय अस्पताल बनेपछिको पहिलो अध्यक्ष, स्वास्थ्य क्षेत्रबाट पहिलो पटक नेतृत्वदायी भुमिकामा पुग्न सफल हुनुभएकोमा जुझारू युवा चिकित्सक डा.भोजराज अधिकारी नियुक्त भएको मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा . गुणराज लोहनीले जानकारी दिनुभयो।
उहाँका अनुसार अध्यक्षले अब समितिको सञ्चालन, विकास र विस्तार गर्न सक्ने उल्लेख छ । यस्तै सदस्यहरूमा रमाकान्त सापकोटा, केशव देवकोटा, रमा घिमिरे लगायतलाई समेत मन्त्रालयले चयन गरेको छ । अस्पतालको अध्यक्ष नियुक्त भएसगैँ डा. अधिकारीले अस्पताललाई मुलुककै नमुना र पहिलो नम्बरको अस्पताल बनाउने बताउनुभयो । यस्तै आफु कारोना कहरसगैँ अध्यक्षमा नियुक्ती भएकोले कारोनोका सहज उपचार गर्नु नै पहिलो प्रथामिकता हुने समेत उहाँले बताउनु भयो ।