
चितवन : भरतपुर महानगरपालिका वडा नम्बर ४ लंकुमा रहेको सारस फुड उद्योगमा आगलागी हुँदा अन्दाजी रु दुई करोडको क्षती भएको छ । बिद्युत चुहावट भई आगलागी भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
रेखा अग्रवालको उद्योगमा आज बिहान ५ बजे आगलागी भएको हो । आगो निभाउनका लागि पाँचवटा दमकल, स्थानीय, नेपाल प्रहरी, शशस्त्र प्रहरी र नेपाली सेना परिचालन भएका थिए । आगो बिहान १०ः३० बजे नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।