चितवनः कारागार कार्यालय भरतपुरमा रहेका १५ जना कैदी कैद किनेर छुटेका छन् । सर्बोच्च अदालतले कोरोनाको संक्रमण हुन सक्ने भन्दै छोटो समय कैद रहेकालाई कैद किनेर छोड्न सरकारलाई निर्देशन जारी गरे संगै १५ जना छुटेका हुन । अदालतले एक वर्ष सम्म कैद तोकेका उनीहरुले बाँकी अबधिको प्रतिदिन रु ३ सयका दरले भूक्तान गरि छुट्न पाउने भएका हुन । त्यसरी छुट्न पाउनेहरु यस कारागारमा ३८ जना रहेका छन् ।
कार्यालयका प्रमुख कमल प्रसाद काफलेका अनुसार एक वर्ष कैद तोकीएकाहरु मध्ये कैद किन्नका लागि २६ जनाले जिल्ला अदालत चितवनमा निवेदन दिएका छन् । अन्यले पनि घरपरिवार संग सल्लाहा गरिरहेको उहाँले जानकारी दिनुभयो ।
२ सय २५ जना पुरुष र २५ जना महिला कैदी बन्दीको क्षमता रहेको कार्यालयमा हाल ७ सय २७ जना कैदी बन्दी रहेका छन् । जस मध्ये ५६ जना महिला, ६ सय ७१ जना पुरुष र ३ जना आश्रीत बालबालिका रहेका छन ।

प्रतिक्रिया दिनुहोस !